बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता वितरणमा समस्या

बैंक खाता नखोल्दा सामाजिक सुरक्षाभत्ता वितरणमा समस्या


बैकिङ्ग समाचार, हुम्ला । 

हुम्लाको खार्पुनाथ गाउँपालिकामा अहिलेसम्म पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छैन । असार मसान्तमा वितरण भइसक्नुपर्ने सो भत्ता वितरण हुन नसक्दा ज्येष्ठ नागरिक, एकल, अपाङ्गता भएका नागरिक समस्यामा परेका छन् ।

त्यहाँका एक स्थानीय बासीले भने,‘नौ महिना बितिसक्यो भत्ता पाइएको छैन । ‘भत्ता नपाउँदा दशैँ पनि खल्लोमै बित्यो, दुई महिना हिउँद पनि चिसोमै काटियो ।’ 

चुनावका बेला घरघरै पुगेर भत्ता वितरण गरिने आश्वासन दिए पनि अहिलेसम्म भत्ता नपाएको उनले गुनासो गरे ।

सामाजिक सुरक्षाभत्ता पाउने नागरिकले बैंकमा खाता नखोलेका कारण वितरणमा ढिलाइ भएको गाउँपालिका अध्यक्ष कर्ण रावलले जानकारी दिए । 

उनले सबै वडामा एकैपटक वितरण गर्न बजेट निकासा गरिएको तर नागरिकले बैंकमा खाता नखोलेका भत्ता नपाएको बताए । सामाजिक सुरक्षाभत्ता स्थानीय निकाय मार्फत् सम्बन्धीतको बैंक खातामा जम्मा हुने नियम रहेको छ ।