ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा

ग्रीन डेभलपमेन्ट बैंकको लाभांश घोषणा


बैकिङ्ग समाचार ।

ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०७६।७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकको संचालक समितिको पुस २८ गते सम्पन्न १५३ औं बैठकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट बैंकको चुक्ता पूँजीको ४.८४५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२५५ नगद गरि कुल ५.१० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

सञ्चालक समितिबाट प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गरेपछि मात्र लगानीकर्ताले पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ५० करोड रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ५२ करोड ४२ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।\"\"