नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर बिक्रीमा


बैकिङ्ग समाचार ।

प्रिमियर इन्स्योरेन्स कम्पनीले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको १ लाख ३ हजार ७०० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

उक्त शेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले पुस २९ गते देखि माघ ८ गते बिहीबारसम्म बोलपत्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले उक्त शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ३५० रुपैयाँ तोकेको छ ।

कम्पनीका अनुसार बोलपत्र आवेदन फारम नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) बाट प्राप्त गर्न सकिनेछ ।