बैकिङ्ग समाचार ।
स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको २० प्रतिशत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ ।
लघुवित्तको पुस ३ गते शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले शेयरधनीलाई १९.००५५६५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरी स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो । उक्त लाभांश वितरण गर्न नेपाल राष्ट्र बैंकले पुस २७ गते स्वीकृति दिएको हो ।
यसअनुसार लघुवित्तले शेयरधनीलाई १५ करोड ६ लाख ६१६ रुपैयाँ बराबरको बोनस र कर प्रयोजनका लागि ७९ लाख २६ हजार ३४८ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।
प्रस्तावित लाभांश संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।
प्रतिक्रिया