दुई विकास बैंकको शेयरमूल्य समायोजन

दुई विकास बैंकको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार ।

ज्योति विकास बैंक र नारायणी डेभलपमेन्ट बैंकको पुस २९ गते, बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयरमूल्य समायोजन भएको छ ।

ज्योति विकास बैंकको बोनस र नारायणीको हकप्रदपछि नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।

ज्योति विकास बैंक (JBBL) को १० प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २१८ रुपैयाँमा शेयरमूल्य समायोजन गरेको हो ।

मंगलबार बैंकको शेयर प्रतिकित्ता २४१ रुपैयाँमा अन्तिम पटक कारोबार भएको थियो। अन्तिम मूल्यका आधारमा दश प्रतिशत बोनस समायोजन गरी नयाँ मूल्य निर्धारण गरिएको हो ।।

यसैगरी नारायणी डेभलपमेन्ट बैंक (NABBC) को शतप्रतिशत प्रतिशत हकप्रद शेयर समायोजनपछि प्रतिकित्ता ४६५ रुपैयाँमा शेयरमूल्य समायोजन भएको छ ।

बैंकले हकप्रद निष्काशन प्रयोजनार्थ बुधबार बुकक्लोज गरेको हो । बुकक्लोजसँगै अघिल्लो दिन कारोबार भएको अन्तिम मूल्य प्रतिकित्ता ८२९ रुपैयाँलाई आधार मानेर शतप्रतिशत हकप्रदमा शेयरमूल्य समायोजन भएको हो।

शेयरमूल्य समायोजन भएको दुबै बैंकको बुधबार समायोजित शेयरमूल्यलाई आधार मानेर शेयर कारोबार खुल्नेछ । नेप्सेमा नियमित समयमा २ प्रतिशत र प्रि ओपनिङ्ग सेसनमा ५ प्रतिशत तलमाथि कारोबार हुन पाउने व्यवस्था छ ।