गुडविल फाइनान्सको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याजदर, कार्जा जोखिमको संकेत 

गुडविल फाइनान्सको ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याजदर, कार्जा जोखिमको संकेत 


बैकिङ्ग समाचार  ।  

गुडविल फाइनान्स लिमिटेडले फागुन यहि २८ गतेदेखि २५ करोड रुपैयाँ बराबरको ऋणपत्र निस्कासन गर्ने भएको छ ।  

फाइनान्सले उक्त ऋणपत्रमा वार्षिक १२ प्रतिशत ब्याजदर उपलब्ध गराउने जनाएको छ ।

फाइनान्सले प्रतिकित्ता एक हजार रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। 

सो ऋणपत्रमध्ये १५ करोड रुपैयाँ बराबरको १ लाख ५० हजार कित्ता फाइनान्सले व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी १ करोड रुपैयाँ बराबरको १ लाख कित्ता सर्वसाधारणका लागि बिक्री गर्नेछ। 

सर्वसाधारणका लागि निष्काशन गरिने कुल ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।

उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँदेखि अधिकतम ५ हजार कित्ता अर्थात ५० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रमा फागुन २८ गतेदेखि छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिनेछ।

लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

७ वर्ष अवधि रहेको सो ऋणपत्रमा फाइनान्सले वार्षिक १२ प्रतिशतका दरले प्रत्येक आर्थिक वर्षको प्रथम र द्वितिय अर्धवार्षिक समाप्त भएपश्चात ब्याज भुक्तानी गर्ने जनाएको छ।

फाइनान्सको ऋणपत्रको निस्कासन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। फाइनान्सले निस्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल डबल बी रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको ऋणपत्रमा मध्यम कर्जा जोखिम भएको सङ्केत गर्दछ।