बैकिङ्ग समाचार ।
सिभिल लघुवित्तको नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार रोक्का भएको छ। लघुवित्तले लाभांश घोषणा सम्बन्धि सूचना ढिला गरी नेप्सेलाइ पठाएकोले कम्पनीको शेयर कारोबार रोक्का गरी नेप्सेले स्पष्टिकरण सोधेको हो।
लघुवित्तको पुस २७ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई ३.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.१८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो।
तर लघुवित्तले उक्त सूचना पुस २७८ गते ११ः५० बजे मात्रै उपलब्ध गराएकोले लघुवित्तलाई ३ दिनभित्र स्पष्टिकरण पेश गर्न भनिएको नेप्सेले जनाएको छ।






About Us
प्रतिक्रिया