लक्ष्मी बैंकको लाभांश पारित, चुक्ता पूँजी १० अर्ब ६९ करोड नाघ्यो

लक्ष्मी बैंकको लाभांश पारित, चुक्ता पूँजी १० अर्ब ६९ करोड नाघ्यो


बैकिङ्ग समाचार ।

लक्ष्मी बैंकको पौष २८ गते सम्पन्न बिसौं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित साढे ११ प्रतिशत लाभांश पारित गरेको छ ।

बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी १० अर्ब ६९ करोड पुगेको छ ।

साधारण सभाले आर्थिक वर्ष २०७५/७६ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट विश्वकरण जैन तथा स्वाती रुङ्गटालाई बैंकको सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको छ ।

आ.व. २०७६/७७ मा एक खर्ब निक्षेप संकलनगरी ८९ अर्ब कर्जा पु¥याएको बैंकको वासलातको आकार १२८ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ४१ करोड रुपैंया खुद मुनाफा आर्जन गरेको थियो ।

सन् २००२ मा स्थापनाभएको लक्ष्मी बैंकले आज आफ्ना शाखाहरु तथा सूचना प्रविधिको माध्यमबाट बृहत स्तरमा सेवा प्रदान गरिरहेकोे छ । लक्ष्मी बैंक एक हरित कम्पनी हो र यसले इन्टरनेट, कार्ड तथा मोवाइल फोन जस्ता प्रविधिका माध्यमको उच्चतम प्रयोग मार्फत हरियाली मैत्री बैंकिङ्ग सेवा प्रदान गर्न सक्षम भएको छ ।

लक्ष्मी बैंकको इन्भेष्टमेन्ट बैंकिङ्ग सेवा प्रदान गर्ने सहायक कम्पनी ‘लक्ष्मी क्यापिटल मार्केट लि.’ सन् २००९ देखि संचालनमा रहेको छ । यसैगरी देस्रो सहायक कम्पनी ‘लक्ष्मी लघुवित्त वित्तीय संस्था लि.’ ले सन् २०१२ बाट कारोबार शुरु गरी लघुवित्त सेवा प्रवाह गरिरहेको छ ।

लक्ष्मी बैंकले लक्ष्मी भ्यालु फण्ड १, लक्ष्मी इक्विटि फण्ड तथा लक्ष्मी उन्नति कोष नामक म्यूचुअल फण्ड समेत सफलतापूर्वक जारी गरिसकेको छ ।