लघुवित्त संस्थाहरुलाई आधा दर्जन शर्तसहित पुनरकर्जाका लागि आवेदन दिन आग्रह

लघुवित्त संस्थाहरुलाई आधा दर्जन शर्तसहित पुनरकर्जाका लागि आवेदन दिन आग्रह


बैकिङ्ग समाचार 
नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई एकमुष्ट रुपमा प्रदान हुने पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले यस्ता संस्थालाई आधा दर्जन शर्त समेत राखेको छ । केन्द्रीय बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले सोमबार सूचना प्रकाशित गर्दै पुस २७ देखि माघ १२ गतेसम्म आवेदन दिन आग्रह गरेको हो ।

राष्ट्र बैंकले आफ्नो संस्थाको संचालक समितिको निर्णय सहित कार्यविधिमा तोकिएको ढांचामा आवेदन दिन आग्रह गरेको छ । राष्ट्र बैंकले विभिन्न ६ वटा शर्त पनि तोकेको छ । राष्ट्र बैंकका अनुसार पुनरकर्जा माग गर्ने संस्थाको अघिल्लो त्रैमासको पूँजीकोषको अधिकतम ६५ प्रतिशतसम्म हुनुपर्नेछ, आवेदन गर्ने संस्थाको पूँजीकोष अघिल्लो त्रैमासमा राष्ट्र बैंकले तोके बमोजिम भएको हुनुपर्नेछ ।

यसैगरी विगत ३ वर्ष देखी संस्थाका कार्यकारी तथा संचालकहरुलाई कुनै प्रकारको कारबाही नभएको हुनुपर्ने, कार्यक्षेत्र भन्दा बाहिर कर्जा प्रवाह नगरेको हुनुपर्ने, विगत एकवर्षमा राष्ट्र बैंकको कारबाहीमा नपरेको हुनुपर्ने शर्त राखेको छ । साथै पुनरकर्जा प्राप्त गर्ने संस्थाले प्राप्त स्रोतको आधारमा सम्पूर्ण ऋणीको ब्याजदर कम हुनेगरी ब्याजदरमा समायोवन गर्नुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

\"\"