सामसुङ्गः एसियाकै लोकप्रिय ब्रान्ड

सामसुङ्गः एसियाकै लोकप्रिय ब्रान्ड


एजेन्सी,

दक्षिण कोरियाली प्रविधि कम्पनी सामसुङ्ग इलेक्ट्रोनिक्सले एसियाका उत्कृष्ट १ हजार ब्रान्डमा पहिलो नम्बरमा आफ्नो स्थान बनाएको छ।

क्याम्पियन एसिया–प्यासिफिक र निल्सेनले सार्वजनिक गरेको प्रतिवेदनमा सो कम्पनीले उक्त स्थान हासिल गरेको हो। १३ एसियाली राष्ट्रका ६ हजार भन्दा बढी उपभोक्ता माझ अनुसन्धान सञ्चालन गरिएको थियो।

विश्व बजारमा सस्तो मूल्य र आकर्षक डिजाइनका चिनियाँ मोबाइलको प्रतिस्पर्धाका बीच सामसङले आफ्नो बिक्री र लोकिप्रियता हासिल गर्न सफल भएको अनुसन्धानमा उल्लेछ छ।

सामसुङ्ग इलेक्ट्रोनिक्स पहिलो स्थानमा रहेसँगै यसअघि पहिलो स्थानमा रहेको अमेरिकी प्रविधि कम्पनी एप्पल दोस्रो स्थानमा झरेको छ। जापानको सोनी र स्विट्जरल्यान्डको नेस्ले क्रमशः यसपछि तेस्रो र चौंथो स्थानमा रहेका छन्।

क्याम्पियन एसिया–प्यासिफिकका अनुसार ग्यालेक्सी नोट सेभेनको घटनालाई पारदर्शी रूपमा सञ्चालन गरेको र ग्यालेक्सी एस–८ स्मार्टफोन सफलतापूर्वक सार्वजनिक गरेकाले सामसुङ्ग एसियामै लोकप्रिय ब्रान्ड बन्न सफल भएको उल्लेख छ।