सिटिजन्स बैंकका ग्राहकलाई होटल अकामामा छुट

सिटिजन्स बैंकका ग्राहकलाई होटल अकामामा छुट


बैकिङ्ग समाचार ।

सिटिजन्स बैंक इन्टरनेसनल र होटल अकामाबीच ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ ।
सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डवाहक ग्राहकले अकामा होटलको सेवा शुल्कमा विशेष छुट पाउने छन् । बैंकको डेबिट÷क्रेडिट÷प्रिभिलेज कार्डवाहक तथा कर्मचारी र सञ्चालक समितिका सदस्यहरुले होटल अकामाका विभिन्न सेवाहरुमा विशेष छुट पाउनेछन् ।
यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका देशभर १०९ वटा शाखा, ९८ वटा एटिएम र १०६ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट ग्राहकलाई सेवा दिँदै आएको छ ।