माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने

माघ ४ गतेदेखि सिंगटी हाइड्रोले आईपीओ निष्काशन गर्ने


बैकिङ्ग समाचार ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले माघ ४ गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ जारी गर्ने भएको हो । 

कम्पनीले उद्योग प्रभावित क्षेत्र दोलखा जिल्लाको अति प्रभावित क्षेत्र बिगु र कालिन्चोक गाउँपालिकाका बासिन्दाहरुका लागि एक सय रुपैयाँ अंकित दरमा १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्री गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्न लागेको आईपीओमा स्थानीयले छिटोमा माघ ४ गतेदेखि १८ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै शेयर बिक्री नभए ढिलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल लिमिटेड रहेको छ।