दुई वाणिज्य बैंकसहित ५ कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?

दुई वाणिज्य बैंकसहित ५ कम्पनीको साधारण सभा आज हुँदै, के-के छन् एजेण्डा ?


बैकिङ्ग समाचार ।

पुस २६ गते आइतबार दुई वाणिज्य बैंकसहित ५ कम्पनीको साधारण सभा सम्पन्न हुँदैछ । आज प्रभु बैंक, नेपाल बंगलादेश बैंक, लुम्बिनी विकास बैंक, वरुण हाइड्रो र सिभिल क्यापिटलले आ आफ्नो साधारण सभा गर्दैछन् ।

प्रभु बैंकको १९औं वार्षिक साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौंमा बिहान ११ बजेबाट भर्चुअल माध्यमबाट सञ्चालन हुनेछ । उक्त सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर र ०.५२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

नेपाल बंगलादेश बैंकको २६औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस शेयर र २.४२ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ

यस्तै लुम्बिनी विकास बैंकको १३औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

बरुण हाइड्रोपावर कम्पनीको १७ औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई ५ प्रतिशत बोनस शेयर र ०।२६३ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सिभिल क्यापिटललको आजै हुने साधारण सभाले पनि ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।