नारायणी डेभलपमेन्ट बैंकको हकप्रद माघ १३ गतेदेखि

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद माघ १३ गतेदेखि


बैकिङ्ग समाचार ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले यहि माघ १३ गते मंगलबारदेखि चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

 

बैंकले साविक १ कित्ता शेयर बराबर नयाँ एक कित्ता शेयरको अनुपातमा हकप्रद निष्काशन गर्न लागेको हो। यसअनुसार बैंकले एक सय रुपैयाँ अंकित दरले ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको ६ लाख ५६ हजार १६९ कित्ता हकप्रद जारी गर्नेछ।

हकप्रद निष्काशनका लागि बैंकले पुस २९ गते शेयर दाखिला खारेजी (बुकक्लोज) गर्दैछ। यसअनुसार पुस २८ गते मंगलबारसम्म कायम रहने बैंकका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिने सक्नेछन्।

बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ। हकप्रदमा बिक्री प्रबन्धकको कार्यालय जमल, नारायणी डेभलपमेन्ट बैंकको केन्द्रिय तथा शाखा कार्यालयहरु, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरो शेयर सफ्टवेयर मार्फत फागुन ३ गतेसम्म आवेदन दिन पाउनेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई 'इक्राएनपीआईआर सिङ्गल सी' रेटिङ्ग प्रदान गरेको छ। यस रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम छ भन्ने बुझाउँछ।

बैंकले नेपाल धितोपत्र बोर्डबाट पुस २० गते हकप्रद बिक्रीको अनुमति पाएको थियो।

हाल ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको यस हकप्रद निष्काशनपछि १३ करोड १२ लाख ३३ हजार ८०० रुपैयाँ चुक्ता पूँजी पुग्नेछ।

बैंकको पुस २३ गते बिहीबार धितोपत्रको दोस्रो बजारमा प्रतिकित्ता ६३२ रुपैयाँमा कारोबार भएको छ।