शनिवार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन

शनिवार पनि बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन


बैंकिङ्ग समाचार ।

नेपाल राष्ट्र बैंकले पुस २५ गते शनिबार पनि बैंक तथा वित्तीय संस्था संचालनमा ल्याउन निर्देशन दिएको छ। नेपाल राष्ट्र बैंकले शनिवार राजश्वको कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने सम्पूर्ण काउन्टर र शाखा खोल्न निर्देशन दिएको हो।

त्यस्तै क्लियरिङ गर्ने काउन्टरहरु पनि खोल्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले त्यस दिन नेपाल सरकारको राजस्व संकलन गर्ने प्रयोजनको  लागि आरटिजिएस प्रणाली समेत संचालन हुने जनाएको छ ।\"\"