सिनर्जी पावरले सम्पन्न गर्‍यो तीन ओटा आर्थिक वर्षको संयुक्त साधारणसभा

सिनर्जी पावरले सम्पन्न गर्‍यो तीन ओटा आर्थिक वर्षको संयुक्त साधारणसभा


बैंकिङ्ग समाचार ।

सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडले विगत तीन ओटा आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बुधवार सम्पन्न गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०७४/ ७५, ०७५/ ७६ र ०७६/ ७७ को १२ औं, १३ औं र १४ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । तीन आर्थिक वर्षको संयुक्त सभाले ५ प्रतिशत लाभांशसमेत पारित गरेको छ । सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र शून्य दशमलव २५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । 

सभाले लाभांशसहित तीन ओटा आर्थिक वर्षको वार्षिक प्रतिवेदन समेत पारित गरेको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय नक्साल, काठमाडौंमा सम्पन्न भएको हो । कोभिडको जोखिमका कारण थोरै जनाको उपस्थितिमा सदस्यहरुलाई भर्चुअल माध्यमबाट सहभागी गराई सभा सम्पन्न गरिएको हो ।

यो सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गतेदेखि २२ गतेसम्म बुक क्लोज गरेको छ । 

यस आधारमा पुस ९ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीले पारित गरेको लाभांश पाउनेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. ७० करोड रहेको छ । ४ दशमलव ७५ प्रतिशत बोनसपछि यो पूँजी रू. ७३ करोड ३२ लाख ५० हजार पुग्नेछ ।