मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग

मुक्तिनाथ विकास बैंकद्धारा प्राणोदय आधारभूत विद्यालयलाई सहयोग


बैकिङ्ग समाचार ।
मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भक्तपुर, ठिमीस्थित प्राणोदय आधारभूत विद्यालयलाई शैक्षिक तथा खेलकुदको सामाग्री वितरण गरेको छ ।
उक्त सामाग्रीहरु प्राणोदय आधारभूत विद्यालयका प्राधानाध्यापक सरिता अधिकारीलाई मुक्तिनाथ विकास बैक ठिमी शाखाका शाखा प्रमुख दिनेश श्रेष्ठले हस्तान्तरण गरे । बैंकले यस सहयोगबाट विद्यार्थीको सिकाई प्रकियामा थप सहयोग पुग्ने अपेक्षा गरेको छ । 

यस विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग, आस्वा सेवा, डि(म्याट खाता लगायतका सेवाहरु पनि प्रदान गर्दै आई बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताएका छन् ।