आरम्भ चौतारी लघुवित्तको बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुल्ने

आरम्भ चौतारी लघुवित्तको बिहीबारदेखि नेप्सेमा शेयर कारोबार खुल्ने


बैंकिङ्ग समाचार ।

आरम्भ चौतारी लघुवित्तको शेयर पुस २३ गते बिहीबारदेखि नेप्सेमा कारोबार खुल्ने भएको छ । मर्जर सम्झौताको कारण नेप्सेमा शेयर कारोबार रोक्का रहेको लघुवित्तको मर्जर सम्झौता रद्द भएसँगै साढे तीन महिनापछि आरम्भ चौतारीको शेयर कारोबार खुल्ने भएको हो ।

आरम्भ चौतारी लघुवित्त र अन्य दुई लघुवित्तसँग मर्जर सम्झौता भएपछि गत असोज ८ गतेदेखि आरम्भ चौतारी लघुवित्त शेयर कारोबार नेप्सेमा बन्द हुँदै आएको थियो । आरम्भ र चौतारीको नेप्सेमा एसिएलबिएसएल (ACLBSL) संकेतमा कारोबार हुँदै आएको थियो ।

आरम्भ चौतारी तथा सिवाईसी नेपाल र शालिग्राम लघुवित्तले गत असोज ९ गते मर्जर सम्झौता गरेका थिए । तीन लघुवित्तबीच भएको २०७७ असोज ९ गतेको मर्जर सम्झौतामा पुस ९ गते बसेको संयुक्त मर्जर समतिको बैठकमा थप संस्थाहरुलाई पनि मर्जरमा समावेश गर्ने सम्बन्धमा फरक फरक धारण आएपछि प्रारम्भिक मर्जर सम्झौता रद्ध गर्ने निर्णय गरेका हुन् । प्रारम्भिक मर्जर सम्झौता रद्ध गर्ने निर्णय भएसँगै लघुवित्तको नेप्सेमा दोस्रो बजारमा कारोबार खुला हुने भएको हो ।\"\"