आज चार कम्पनीको साधारण सभा सम्पन्न हुँदै, के-के छन् एजेण्डा ?

आज चार कम्पनीको साधारण सभा सम्पन्न हुँदै, के-के छन् एजेण्डा ?


बैंकिङ्ग समाचार ।

आज चार ओटा कम्पनीको साधारण सभा सम्पन्न हुँदैछ । युनाइटेड मोदी हाइड्रोपावर,बोटलर्स नेपाल तराई, सिनजी पावर डेभलपमेन्ट र हाथवे इन्भेष्मेन्टको साधारण सभा सम्पन्न हुन लागेको हो ।

सिनर्जी पावर डेभलपमेन्टको २ औँ, १३ औँ,  र १४ औँ साधारण सभा गर्दैछ । कम्पनीको साधारण सभा रजिष्टार्ड कार्यालय नक्साल १ काठमाण्डौमा आह्वान गरेको हो । सभामा कम्पनीले चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनश शेयर र ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज मिति तोकेको थियो ।

त्यस्तै युनाइटेड मोदी हाइड्रोपावरको सभा कम्पनीले १ रजिष्ट्रार्ड कार्यालय हेरिटेज प्लाजा २ कमलादी काठमाण्डौमा भर्चुअल माध्यमबाट संचालान गरिने छ । सभामा हाइड्रोपावरले ५.२६३ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ । साधारण सभाप्रयाजनकालागि हाइड्रोपावरले पुस ५ गते बुक क्लोज मिति तोकेको थियो ।

त्यसैगरी बोटलर्स नेपाल तराईले कम्पनीको रजिष्टर्ड कार्यालय बालाजुमा दिउँसो २ बजे साधारण सभा बोलाएको हो । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्नेछ ।

हाथवे इन्भेष्टमेन्टले १२ औँ साधारण सभा कम्पनीको रजिष्ट्रर्डको कार्यालय लैनचौर काठमाण्डौमा दिउसो ३ बजे सभा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको रिक्त पदमा प्रतिनिधित्व गर्ने महिला संचालकको निर्वाचन गर्ने भएको छ ।

त्यसैगरी नेप्सेमा सूचीकृत नभएको थ्रिस्टार हाइड्रोपावरले पनि आज(२२ गते) साधारण सभाआह्वान गरेको छ ।