बैंकिङ्ग समाचार ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले चालू आवको दोस्रो त्रैमासमा कम्पनीहरुको वर्गिकरणको लागि सूचीकृत कम्पनीहरुसँग विवरणहरु माग गरेको छ ।
नेप्सेले तोकेको ढाँचामा फारम भरेर माघ १५ गतेसम्म कार्यालय समय भित्र आउने गरी आवश्यक विवरणहरु उपलब्ध गराउन निर्देशन दिएको हो ।
धितोपत्र सुचिकरण विनियमावली बमोजिम कम्पनीको वर्गिकरण गर्नुपर्ने विवरण माग गरेको छ । कम्पनीले उपलब्ध गराएको विवरण आधारमा नेप्सेले कम्पनीहरुलाई ए बी, जी र जेड वर्गमा वर्गिकरण गर्ने गर्दछ ।
नियामक निकायले तोकेको नियम पालना गरी तोकिएको समयमा साधारण सभा र वित्तीय विवरण प्रकाशिन गर्ने तथा अन्य तोकिएको मापदण्ड पुरा गरेका सूचीकृत कम्पनीहरु वर्गिकरणको ए वर्गमा पर्छन् भने नियामकको नियम पालना नगर्ने कम्पनीहरु जेड वर्गमा पर्ने गर्दछन् ।
प्रतिक्रिया