एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई वाल क्लाइम्बिङमा विशेष छुट


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंक र एस्ट्रेक क्लाइम्बिङ वालबीच बैंकका ग्राहक र कर्मचारीलाई उक्त कम्पनीले दिने सेवामा विशेष छुट उपलब्ध गराउने समझदारी भएको छ ।

उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकको वागमती प्रदेश डिजिटल सेल्स प्रमुख श्याम लामिछाने र कम्पनीका तर्फबाट महाप्रबन्धक कमल घले गुरुङले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी अनुसार बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरि ठमेलमा रहेको वाल क्लाइम्बिङ कम्पनीले उपलब्ध गराउने सेवा प्रयोग गर्दा लाग्ने शुल्कमा ३०५ छुट पाउनेछन् । साथै बैंकका कर्मचारी तथा कर्मचारीका परिवारलाई यसै समझदारीअनुसार ५०५ छुट हुनेछ । उक्त छुट सुविधा १ वर्षसम्म लागू हुनेछ ।

यो समझदारीले यस खेलमा रमाउन चाहने सबैका लागि लाभदायी हुने बैंकले विश्वास लिएको छ । बैंकले कार्ड तथा मोबाइल बैंकिङ्गबाट गरिने विद्युतीय भुक्तानीलाई प्रवद्र्धन गर्दै आइरहेकोमा बैंकका ग्राहक महानुभावहरूको अधिकतम लाभका लागि यो योजना ल्याइएको हो ।