नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति

नारायणी डेभलपमेण्ट बैंकलाई हकप्रद विक्री गर्न बोर्डको अनुमति


बैंकिङ्ग समाचार ।

नारायणी डेभलपमेण्ट बैंकलाई शतप्रतिशत हकप्रद शेयर विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले पुस २० गते कम्पनीलाई १ बराबर १ को अनुपातमा  ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको हकप्रद शेयर विक्री गर्न अनुमति दिएको हो । यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।
 यस कम्पनीले उक्त हकप्रद शेयर विक्री गर्न अनुमति माग्दै गत कात्तिक ७ गते बोर्डमा निवेदन दर्ता गराएको थियो । समस्याग्रस्त अवस्थाबाट फुकुवा भएसँगै कम्पनीले हकप्रद शेयर निष्कासनको तयारी थालेको थियो । 

२०७० साल चैत २७ गते समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरेको यस कम्पनीलाई २०७७ साउन ८ गते नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थाबाट फुकुवा गरेको हो । समस्याग्रस्त अवस्थाबाट फुकुवा भएको यस कम्पनीको रोक्का रहेको शेयर कारोबार मंसिर ८ गतेदेखि सुचारु भएको छ । हाल दोस्रो बजारमा कम्पनीको शेयरमूल्य  ४७६ रुपैयाँ कायम रहेको छ ।