नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवार


बैंकिङ्ग समाचार । 

नेपाल इन्भेष्टमेण्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन मंगलवारसम्म रहेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि पुस २२ गते बुक क्लोज गर्ने भएसँगै पुस २१ मंगलवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीलाई १३ प्रतिशत बोनस शेयर ५ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी माघ ८ गते साधारण सभा आयोजना गरेको छ । कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, काठमाडौंमा बोलाएको छ ।