कुमारी बैंकका ९ शाखाको एक साथ भर्चुअल उद्घाटन

कुमारी बैंकका ९ शाखाको एक साथ भर्चुअल उद्घाटन


बैंकिङ्ग समाचार । 

कुमारी बैंकले एक साथ ९ शाखाहरुको भर्चुअल माध्यमबाट उद्घाटन गरेको छ। बैंकले काठमाडौँको बाफल, नयाँपाटि, खुसीबु, मैतीदेवी, पानीपोखरी, मालीगाउँ र नरेफाँटको शाखा उद्घाटन गरेको हो । 

ति शाखाहरुको भौतिक उद्घाटन सम्बन्धित ठाँउबाट भएतापनि बैंकका अध्यक्ष अमिर प्रताप ज.ब.राले बैंकको केन्द्रिय कार्यालयबाटै मोबाईल प्रविधिबाट ति शाखाको विद्युुतीय ई–उद्घाटन गरेका हुन् । बैंकले बेलबारी शाखा र फिक्कल शाखाको पनि उद्घाटन गरेको छ। 

यस्तो प्रकारको शाखा उद्घाटन नेपाली बैंकिङ्ग क्षेत्रकै लागी नवीन प्रयोग भएको र कुमारी बैंक समसामयिक प्रविधिको द्रुत अनुकरण गर्न सफल भएको बैंकले दाबी गरेको छ ।

बैंकले १९२ शाखा , १५२ एटिएम्, २२ शाखारहित बैंकिङ्ग ईकाईहरू तथा १३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।