प्रभुको ‘गुडलक सेभीङ’ योजनाः निशुल्क खातादेखि पूँजीबजारको ज्ञानसम्म

प्रभुको ‘गुडलक सेभीङ’ योजनाः निशुल्क खातादेखि पूँजीबजारको ज्ञानसम्म


बैकिङ्ग समाचार । 

प्रभु बैंकले ‘प्रभु गुडलक सेभीङु निक्षेप योजना सञ्चालनमा ल्याएको छ । बैंकले विद्यार्थी तथा कर्मचारीलाई लक्षित गर्दै यो योजना ल्याएको जनाएको छ ।
 
यो योजना अन्तर्गत शुन्य मौजदातमा खाता खोल्न सकिने र खाता खोल्ना साथ बैंकले एक सय रुपैयाँ खातामा जम्मा गरिदिने छ । यो योजनामा वार्षिक ६।५ प्रतिशत ब्याज, डिम्याट खाता, मेरो शेयर अनलाइन सेवा, डेबिट कार्ड, अन्तरशाखा कारोबार, इन्टरनेट बैंकिङ्ग, मोवाइल बैकिङ्ग निःशुल्क उपलब्ध हुने बैंकले जनाएको छ । 

खातावालालाई बैंकले प्रभु क्यापिटलसँगको सहकार्यमा कलेज तथा विश्वविद्यालयमै गएर पूँजीबजार सम्बन्धि परामर्श समेत दिनेछ । बैंकले आईपीओ, एफपीओ, क्यापिटल मार्केट आदिको बारेमा पनि परामर्श दिने बताएको छ ।