बैंकिङ्ग समाचार ।
माछापुच्छ्रे बैंक र महिन्द्रा बाण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेडबीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा बाण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ । उक्त सम्झौता पत्रमा अग्नि इन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए।
सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्ना शाखा कार्यालयहरु मार्फत रअग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारीसाधान खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।
स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी जम्मा ३१३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।






About Us
प्रतिक्रिया