प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन

प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन


बैंकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्शियल बैंकको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले बैंकको १५ प्रतिशत बोनस समायोजन पश्चात प्रतिकित्ता शेयरमूल्य ४०७ रुपैयाँ तोकेको हो ।

 

बैंकले साधारण सभा प्रयोजनार्थ बुकक्लोज गरेसँगै नेप्सेले बैंकको शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो। बैंकको आइतबारको अन्तिम शेयरमूल्यका आधारमा मूल्य समायोजन भएको हो। हिजो बैंकको शेयर प्रतिकित्ता ४६८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

 

बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्ने प्रस्ताव गरेर पुस २९ गते विहान १० बजे केन्द्रिय कार्यालयमा तेह्रौ वार्षिक साधारण सभा बोलाएको छ। सभामा बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ।