सिद्धार्थ बैंकको साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्तावहरु

सिद्धार्थ बैंकको साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्तावहरु


बैंकिङ्ग समाचार ।

सिद्धार्थ बैंकले १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा साधारण सभा डाकेको हो ।

साधारण सभामा बैंकले लाभांशका अतिरिक्त मर्जर तथा प्राप्तीलाई पनि विशेष प्रस्तावको रुपमा अगाडि सारेको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

यसैगरी सभाबाट सिद्धार्थ बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ ।

सभाले बैंकमा संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन पनि गर्नेछ।
साधारण सभा र लाभांश प्रयोजनका लागि सिद्धार्थ बैंकले पुस २८ गते बुकक्लोज मिति तोकेको छ ।

यसअनुसार पुस २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।