बैंकिङ्ग समाचार ।
एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तन भएको छ । संंस्थाले एक सूचना जारी गर्दै नाम परिवर्तन गरिएको जनाएको हो ।
संस्थाको उक्त नाम परिवर्तन गरि नयाँ नाम किसान लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ । साथै, नेप्सेमा कारोबारका लागि प्रयोग गरिने संस्थाको सिम्बोल समेत परिवर्तन भएको छ । अब नेप्सेमा संस्थाको साधारण शेयरको कारोबार KLBSL र संस्थापक शेयरको कारोबार KLBSLP सिम्बोलबाट हुनेछ ।
सुदूरपश्चिम प्रदेशको धनगढीमा रहेको एनआरएन लघुवित्त वित्तीय संस्था लिमिटेडले सुदूरपश्चिमको लम्कीचूहा नगरपालिकामा रहेको किसान माइक्रोफाइनान्स र काभ्रेपलान्चोक जिल्लाको भकुन्डेबेसीमा रहेको दिव्य लघुवित्तलाई प्राप्ति गरी असार २९ गते, सोमबारबाट एकीकृत कारोबार सुरु गरेको थियो ।
प्रतिक्रिया