नेप्से २१७५ अंकको ऐतिहासिक उचाईमा, करिब साढे ६ अर्बको कारोबार

नेप्से २१७५ अंकको ऐतिहासिक उचाईमा, करिब साढे ६ अर्बको कारोबार


बैंकिङ्ग समाचार ।

शेयर बजार परिसूचक मापक नेप्से पुस १९ गते आइतबार ऐतिहासिक उचाईमा पुगेको छ । आइतबार नेप्से ४.२२ प्रतिशत अर्थात ८८.१२ अंकले बडढेर २ हजार १७५ दशमलव ३९ बिन्दुमा बन्द भएको हो ।

आज कायम भएको नेप्सेको उचाई हालसम्मकै उच्च बिन्दु हो । यसअघि मंसिर १७ गतेको २०७१.०३ को उच्च बिन्दु पुस १६ गते बिहीबार २०८७.२८ बिन्दु कायम हुँदै तोडिएको थियो ।

आइतबार सो बिन्दुभन्दा माथि पुगेर नेप्से बन्द भएको छ । यसदिन २१२ कम्पनीका १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर ५४ हजार ६९८ पटक खरीद बिक्री हुँदा कारोबार रकम ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रुपैयाँ पुगेको छ । गत बिहीबारको तुलनामा कारोबार रकम पनि ६४ करोड रुपैयाँले बढेको छ ।

कारोबारमा आएका सबै १२ वटै उप समुहको सूचकमा हरीयाली छाउँदा ब्यापार सूचक सबैभन्दा धेरै ९.६४ प्रतिशत र अन्य ६.१९ प्रतिशतले बढेको छ । उत्पादन ४.८६ प्रतिशत र बैंकिङ्ग ४.४७ प्रतिशतले बढोत्तरी भएको छ ।

  • नेपाल लाइफको उच्च कारोबार

गत आवको नाफाबाट ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको नेपाल लाइफको आज सबैभन्दा धेरै कारोबार भएको छ । नेपाल लाइफको ५० करोड ९५ लाख रुपैयाँको शेयर कारोबार भएको हो ।

यसैगरी प्राइम कमर्सियल बैंकको आइतबार सबैभन्दा धेरै ११ लाख १८ हजार कित्ता शेयर कारोबार हुँदा सो बैंकको पनि कारोबार ५० करोड नाघेको छ । एनटीसीको ४५ करोड, पुनर्बीमा र एनआईसी एशिया बैंकको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
एभरेष्ट बैंक, शिवम् सिमेन्ट, प्रभु बैंक, नबिल बैंक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको पनि उच्च कारोबार भएको छ ।

  • आजको बजारमा आठ कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट नजिक बढेको छ । आजकोे बजारमा हिमालयन डिष्टिलरी, साल्ट ट्रेडिङ्ग, नेपाल पुनर्बीमा कम्पनी, प्राइम कमर्सियल बैंक, प्राइम कमर्सियल बैंक संस्थापक, कुमारी बैंक, गुराँस लघुवित्त, नेशनल माइक्रोफाइनान्सको शेयरमूल्य ९ प्रतिशत धेरैले बढेको हो ।आठ कम्पनीको शयरमूल्य सकारात्मक सर्किट नजिक

यसैगरी आशा लघुवित्त र एनटीसी पनि शीर्ष शेयरमूल्य बढ्ने दश कम्पनीभित्र समेटिएको छ ।

  • राधी विद्युत कम्पनीको लगानीकर्ताले धेरै गुमाए

आइतबारको बुलिस बजारमा पनि राधी विद्युत कम्पनीको शेयरमा लगानी गरेका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको शेयरमूल्य ४. २९ प्रतिशतले घटेर २९० रुपैयाँमा झरेको हो ।

यसैगरी शिवश्री हाइड्रोपावर, युनाइडेड फाइनान्स लगायतको शेयरमूल्य घटेको छ ।