एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयरमा आजबाट बोलपत्र पेश गर्न सकिने

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ४ कम्पनीको संस्थापक शेयरमा आजबाट बोलपत्र पेश गर्न सकिने


बैकिङ्ग समाचार ।

एनआईसी एशिया बैंक लिमिटेडको स्वमित्वमा रहेको ४ कम्पनीको संस्थापक समूहको ६ लाख २७ हजार २०० कित्ता शेयर पुनः विक्री हुने भएको छ ।

विभिन्न समयमा बोलपत्र आव्हान गरिएकोमा उक्त समयमा रितपुर्वक प्राप्त बोलपत्र आवेदनहरुमा माग गरे बमोजिम शेयर बाँडफाँट गरी बाँकी रहेको संस्थापक समूहको शेयरमा पुस १९ गते (आज) देखि पुस २४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न आव्हान गरिएको हो । 

एनआईसी एशिया बैंकको स्वमित्वमा रहेको सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ३ हजार ९७६ कित्ता, एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख ९० हजार ३७४ कित्ता शेयरको लागि बोलपत्र खुला गरिएको छ । 

त्यस्तै उक्त शेयरहरु खरीद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको हकमा प्रतिकित्ता रु. १ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु. ५५०, एशियन लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु. ४६९ र सूर्या लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु. ३३७ मा नघट्ने गरी प्रतिकित्ता के कति दर भाउमा लिन कबुल गर्ने हो, शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नु सक्ने छन् । 

बोलपत्र आवेदन फाराम प्राप्त गर्ने र बुझाउँने स्थानहरुः एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं र एनआईसी एशिया बैंक लिमिटेडको कर्पाेरेट कार्यालयः ट्रेड टावर थापाथली तथा शाखा कार्यालयहरुः विराटनगर–३ मोरङ्ग, आदर्शनगर बिरगंज पर्सा, महेन्द्रपुल पोखरा, श्रवनपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेत रहेको छ ।