प्राइम कमर्सियल बैंकको बोनस आइतबारसम्म कायम शेयरधनीलाई मात्रै

प्राइम कमर्सियल बैंकको बोनस आइतबारसम्म कायम शेयरधनीलाई मात्रै


बैकिङ्ग समाचार ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०७६र७७ को नाफाबाट प्रस्ताव गरेको १५ प्रतिशत बोनस शेयर आजसम्म कायम शेयरधनीले मात्र पाउने भएका छन् ।

बैंकले पुस २९ गते आह्वान गरेको साधारण सभाका लागि पुस २० गते सोमबार शेयर दाखिला खारेजी मिति तोकेको छ । यसअनुसार बुकक्लोजको अघिल्लो दिनसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यसको अर्थ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो । सोमबारपछि शेयर किन्ने लगानीकर्ताले भने बोनस पाउँदैनन् । आइतबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

बैंक सञ्चालक समितिको ६ गते, सोमबार सम्पन्न बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । बैंक सञ्चालक समितिको पुस ७ गते, मंगलबार सम्पन्न बैठकले बैंकको १३ औं वार्षिक साधारण सभा पुस २९ गते, बुधबार, बैंकको केन्द्रीय कार्यालय, काठमाडौँमा बिहान १० बजे बोलाएको छ ।

बैंक मर्जर तथा प्राप्तीमा सामेल भएका कारण २ वर्षसम्म बोनसमा कर भने लगानीकर्ताले तिर्नुपर्दैन ।