बैकिङ्ग समाचार ।
आईसीएफसी फाइनान्सको शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार फाइनान्स कम्पनीको १०.५० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो ।
नेप्सेले बोनसमा शेयरमूल्य समायोजनपछि कम्पनीको प्रतिकित्ता शेयरमूल्य २६२ रुपैयाँ तोकेको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २९० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
फाइनान्स सञ्चालक समितिको को मंसिर २१ गते, आइतबार सम्पन्न बैठकले फाइनान्सका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ४.५० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते १७ औं वार्षिक साधारण आह्वान गरेको छ । यक्त लाभांश साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
प्रतिक्रिया