बैकिङ्ग समाचार ।
पुनरकर्जाको लागि नेपाल राष्ट्र बैंकले आवेदन आह्वान गरेको छ । बैंकले एक सूचना जारी गर्दै पुनरकर्जाका लागि आवेदन आह्वान गरेको हो ।
बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान हुने लघु, घरेलु तथा साना उद्यम पुनरकर्जा, विशेष पुनरकर्जा र साधारण पुनरकर्जाको लागि आवेदन आह्वान गरेको हो । पुनरकर्जाका लागि बैंक तथा वित्तीय संस्थाहरुले माघ १६ गतेसम्म आवेदन पेश गर्न सक्नेछन् पुनरकर्जा आवेदनका साथमा इजाजत पत्रप्राप्त संस्थाको सञ्चालक समितिको निर्णय, शाखा कार्यालयहरुको ठेगाना तथा सञ्चालन भएको मिति सहितको सूची पेश गर्नुपर्नेछ ।
यसैगरी, संस्थाले माग गर्ने कूल पुनरकर्जा रकम संस्थाको प्राथमिक पुँजीको अधिकतम २० प्रतिशतसम्म हुनुपर्नेछ । आवेदनको लागि छनौट गरिएको कर्जाको भुक्तानी अवधि न्यूनतम १ वर्ष बाँकी रहेको हुनुपर्नेछ । त्यस्तै, एकभन्दा बढी बैंक तथा वित्तीय संस्था मार्फत कर्जा उपयोग गरेका ऋणीको हकमा एक बैंक।वित्तीय संस्था मार्फत मात्र आवेदन भएको व्यहोरा आवेदकले सुनिश्चित गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।
प्रतिक्रिया