बैकिङ्ग समाचार ।
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा शुक्रवार सूचीकृत भएको छ ।
कम्पनीको २ करोड कित्ता साधारण शेयर सूचीकृत भएको हो । अव कम्पनीको पहिलो कारोबार आइतवारदेखि आउनेछ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि रू. १०९ दशमलव ५६ पैसादेखि ३२८ दशमलव ६८ पैसा तोकेको छ ।
पहिलो कारोबारको लागि नेप्सेले कम्पनीको नेटवर्थको तिन गुणा बढीसम्म मूल्य तोक्ने गर्दछ । कम्पनीले मंसिर २९ गते पुस २ गतेसम्म ६० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।
कम्पनीको आईपीओमा १० लाख ४९ हजार ४७ जना योग्य आवेदकबाट २ करोड ७८ लाख २१ हजार १६० कित्ता शेयरको लागि रू. २ अर्ब ७८ करोड बरावरको आवेदन परेको थियो । ५ लाख ४० हजार आवेदकले १० कित्ता शेयर पाएका थिए ।
प्रतिक्रिया