बैकिङ्ग समाचार ।
नेपाल फाइनान्स कम्पनीको लिलामी शेयरको विक्री खुला भएको छ ।
कम्पनीको कुल ५ लाख १५ हजार २४८ दशमलव २५ कित्ता शेयर लिलामीमा विक्री खुला भएको हो । जसमध्ये २ लाख ५५ हजार ७८ दशमलव ७५ कित्ता र सर्वसाधारण समूहको २ लाख ६० हजार १६९ दशमलव ५० कित्ता रहेको छ । शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएको हुँदा आवेदकले सो वा सोभन्दा बढी मूल्य तोकी आवेदन गर्न सक्नेछन् ।
कम्पनीले हकप्रद शेयरमा विक्री नभएको शेयर लिलामी मार्फत विक्री गर्न लागेको हो । आवेदकले यस शेयरमा पुस २४ गते सम्म आवेदन गर्न सक्नेछन् । विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
साथै आवेदकले प्रभु बैंकको शाखा कार्यलयहरु विराटनगर, बीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन दिन सकिने कम्पनीले बताएको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १३ करोड ५८ लाख ३१ हजार रहेको छ ।
प्रतिक्रिया