३ वाणिज्य बैंक सहित ८ कम्पनीको शेयर मूल्य समायोजन (सूचीसहित)

३ वाणिज्य बैंक सहित ८ कम्पनीको शेयर मूल्य समायोजन (सूचीसहित)


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज पुस १६ गते बिहिबार ३ वाणिज्य बैंक सहित ८ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । यी सबै कम्पनीले साधारणसभा प्रयोजनको लागि आज पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो ।

यी कम्पनीमा पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हेर्नुस कम्पनी, साधारणसभा मिति, लाभांश दर र संयोजित शेयर मूल्य विवरण :

१.नेपाल बैंक

साधारणसभा : पुस २९

लाभांश : १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : ३३१ 

२. एनएमबि बैंक 

साधारणसभा : पुस २९

लाभांश : १३ प्रतिशत बोनस र ३.२  प्रतिशत नगद 

समायोजनपछिको मूल्य : ३७८ 

३. सेन्चुरी कमर्शियल बैंक

साधारणसभा : पुस २९

लाभांश : ५.२५ प्रतिशत बोनस र २.२५ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : १९९ 

४. साना किसान लघुवित्त

साधारणसभा : पुस २८ 

लाभांश : २५ प्रतिशत बोनस र १.३१५ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : १४१५ 

५. कामना सेवा विकास बैंक 

साधारणसभा : पुस २९

लाभांश : ४.४४ प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : २१६ 

६. शाइन रेसुंगा डेभलपमेन्ट बैंक 

साधारणसभा : पुस २९

लाभांश : १३ प्रतिशत बोनस

समायोजनपछिको मूल्य : २३५ 

७. बरुण हाइड्रो

साधारणसभा : पुस २६ 

लाभांश : ५.२६३ प्रतिशत बोनस र ०.२६३ प्रतिशत नगद 

समायोजनपछिको मूल्य : १७१ 

८. साधना लघुवित्त 

साधारणसभा : पुस २९ 

लाभांश : १८ प्रतिशत बोनस र कर प्रयोजनको लागि २० लाख ६३ हजार १ सय ७८ रुपैयाँ ९५ पैसा नगद लाभांश 

समायोजनपछिको मूल्य : १०३८