कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल बीच सम्झौता

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल बीच सम्झौता


बैकिङ्ग समाचार ।

आफ्ना ग्राहकहरुलाई गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र बिरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

 

 

 

कुमारी बैंक लिमिटेड प्रदेश–२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका चिकित्सक अधिकृत प्रभाकर मनुले हस्ताक्षर सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सात्विक आयुर्वेद अस्पतालमा ओपीडी, प्याथोलोजी, पञ्चकर्म र औषधिमा ५% सम्म, थेरापी, लगायत आइडीपी (बेड चार्जेज)मा ग्राहकले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १०% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।