सिटिजन्स बैंकका ग्राहकले होटल साम्बालामा छुट पाउने

सिटिजन्स बैंकका ग्राहकले होटल साम्बालामा छुट पाउने


बैकिङ्ग समाचार ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बालाबीच बैंकका ग्राहकहरूलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापश्चात् बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरूले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशैभरि फैलिएक आफ्ना एक सय नौवटा शाखा, ९८ वटा एटीएम र एक सय चारवटा शाखारहित बैंकिङ एकाइहरूबाट करिब साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ । बैंकले नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना ग्राहकहरूको वित्तीय आवश्यकताहरू डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रूप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्क्यान एण्ड विथ ड्र सेवा, मोबाइल बैंकिङको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झटबाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरूको थालनी समेत गरेको छ ।

साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरूलाई सकेसम्म बैंकमा नआइकनै बैंकिङ सुविधाप्राप्त गर्न सहज होस् भनी यस बैंकले विभिन्न योजनाहरू सञ्चालनमा ल्याएको छ । यसप्रकारको सेवाबाट बैंकका ग्राहकहरूले सहजरूपमा सेवा प्राप्त गरी लाभान्वित हुने, डिजिटल बैंकिङ सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।