लाभांश पारित गर्न गुहेश्वरी मर्चेण्ट एण्ड बैंकिङले बोलायो पुस २८ मा साधारण सभा

लाभांश पारित गर्न गुहेश्वरी मर्चेण्ट एण्ड बैंकिङले बोलायो पुस २८ मा साधारण सभा


बैकिङ्ग समाचार ।

लाभांश पारित गर्नका गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स कम्पनीले वार्षिक साधारण सभा पुस २८ गते बोलाएको छ  । कम्पनीले सभा गुहेश्वरी भवन हरिहर भवन, ललितपुरमा बिहान ११ बजे गर्ने बताएको छ ।

सभाले ८ प्रतिशत बोनस शेयर र ३ दशमलव ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७६/ ७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/ ७८ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस २१ गतेदेखि २८ गतेसम्म बन्द रहनेछ । पुस २० गतेसम्म कायम शेयरधनीले लाभांश पाउने छन् ।