“८.५% सानिमा डिबेञ्चर २०८७” मा आवेदन आजसम्म मात्र दिन पाईंने

“८.५% सानिमा डिबेञ्चर २०८७” मा आवेदन आजसम्म मात्र दिन पाईंने


बैकिङ्ग समाचार ।

पुस १ गतेदेखि विक्रि खुल्ला भएको ८ दशमलव ५० प्रतिशत व्याजदर भएको १० वर्षे सानिमा बैंकको ऋणपत्रमा आवेदनको लागि आज (पुस १५ गते) अन्तिम दिन रहेको छ । पुस १ गतेदेखि पुस ५ गतेसम्म विक्री खुल्ला गरिएको भएपनि निष्कासन प्रयोजनको लागि तयार गरिएको विवरणपत्रको दफा ग २२ (ठ) मा भएको व्यवस्था अनुसार समय थप गरी पुस १५ गतेसम्म ऋणपत्रमा आवेदन दिन पाईने व्यवस्था गरिएको भएपनि आज बैंकिङ्ग समय पश्चात आवेदन वन्द हुन लागेको हो ।  

सानिमा बैंकले  १ हजार रुपैयाँ अंकित मूल्यका कुल  २ अर्ब ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र खुल्ला गरेको छ । यो ऋणपत्रमा न्यूनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ता आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । 

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वितीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने छन् । त्यस्तै व्यक्तिगत तवरको हकमा विक्री प्रवन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड र सानिमा बैंक लिमिटेडको रजिष्टर्ड कार्यालयबाट आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो ।