चन्द्रागिरी हिल्सको आईपिओ आज बाँडफाँड हुदै

चन्द्रागिरी हिल्सको आईपिओ आज बाँडफाँड हुदै


बैकिङ्ग समाचार ।

चन्द्रागिरी हिल्स लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपिओ आज बुधबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार क्यापिटलको नक्साल स्थित कार्यालयमा शेयर बाँडफाँड हुने जनाएको हो ।

 कम्पनीले मङ्सिर १७ गतेदेखि आयोजना प्रभावित स्थानीयको लागि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले आयोजना प्रभावित स्थानीयको लागि प्रति कित्ता १ सय रुपैयाँ अंकित दरका ३ लाख ६ हजार ८ सय १९ कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयलाई जारि गरिएको यस आईपिओमा काठमाडौँ जिल्लाको चन्द्रागिरी नगपालिका वडा नम्बर ३, ४, ६ र ७ का स्थानीय वासिन्दा र मकवानपुर जिल्लाको थाहा नगरपालिकाको वडा नम्बर ९ र १० का स्थानीय वासिन्दा र मकवानपुर कै इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ५ का स्थानीय वासिन्दाले मात्र आवेदन दिन पाउने ब्यबस्था थियो। 

 

कम्पनीले स्थानीय र सर्बसाधारणको लागि गरि १८ करोड ४० लाख ९१ हजार बराबरको १८ लाख ४० हजार ९ सय १० कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति पाएको छ । स्थानीयलाई शेयर जारी गरेपछि कम्पनीले सर्बसाधारणको लागि आईपिओ निष्काशन गर्ने छ ।  

 कम्पनीले काठमाडौँको चन्द्रागिरिमा केबलकार सञ्चालन गरिरहेको छ ।