लिवर्टी ईनर्जीले १५ करोडको आईपीओ जारी गर्दै 

लिवर्टी ईनर्जीले १५ करोडको आईपीओ जारी गर्दै 


बैकिङ्ग समाचार । 

लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले यहि फागुन २७ गतेदेखि लमजुङ्गबासीका लागि प्राथामिक शेयर (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा जारी पूँजीको १० प्रतिशत अर्थात १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो।

कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्काशन गर्न लागेको हो। प्रतिकित्ता १०० अंकित दरका जारी हुने उक्त शेयरमा लमजुङ्गबासीहरुले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँदेखि अधिकतम १० हजार कित्ता अर्थात १० लाख रुपैयाँसम्मका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। कम्पनीले जारी गर्न लागेको आईपीओलाई क्रेडि रेटिङ्ग एजेन्सी इक्रा नेपालले ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ रेटिङ्ग प्राप्त गरेको छ। इक्रा एनपी आईपीओ ग्रेड ४ रेटिङ्ग ले कम्पनीको आधारभूत अवस्था औषतभन्दा कमजोर आधार रहेको जनाउँछ।

आईपीओमा छिटोमा चैत ११ गतेसम्म आवेदन दिन पाइनेछभने सो अवधिसम्म निष्काशित सबै शेयर बिक्री नभउको खण्डमा भने चैत २६ गतेसम्म खुला हुनेछ। आईपीओमा निम्न स्थानहरुबाट आवेदन दिन सकिन्छ।