नेप्सेमा एकैदिन ११ कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा एकैदिन ११ कम्पनीको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १५ गते बुधबार एकैदिन ११ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । यस दिन ४ विकास बैंक, ४ लघुवित्त कम्पनी, २ फाइनान्स कम्पनी र १ जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।

गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नेप्सेले ११ कम्पनीको नयाँ मूल्य निर्धारण गरेको हो ।

बुधबार नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, छिमेक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, स्पर्श लघुवित्त, वोमी लघुवित्त, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, ङादी ग्रुप पावर गरी ११ कम्पनीको शेयरमूल्य समयोजन भएको हो ।

\"\"