बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यगोडा होटलमा छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई यल्लो प्यगोडा होटलमा छुट


बैकिङ्ग समाचार ।

बैंक अफ काठमाण्डू लिमिटेड र यल्लो प्यगोडा होटलबीच आफ्ना ग्राहकलाई छुट दिनेबारे सम्झौता भएको छ । बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १५ प्रतिशत छुट र ३ हजार ५ सय रुपैयाँमा होटलको कोठा उपलब्ध गराउने सम्झौता भएको छ ।
सम्झौता पश्चात् बैंकका ग्राहकहरुले यल्लो प्यगोडा होटलको सेवाहरु उपभोग वापत बैंकको कार्ड तथा मोबाइल बैंकिङको प्रयोग गरी भुक्तानी गर्दा होटलको कोठा ३ हजार पाँच सय रुपैयाँमा उपभोग गर्न पाउने तथा अन्य सुविधाहरुमा १५ प्रतिशतसम्म छुट पाउन छन् ।
यल्लो प्यगोडा होटलले काठमाडांै र पोखराबाट सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ । उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र यल्लो प्यगोडा होटलको महाप्रबन्धक अर्जुन केसीले हस्ताक्षर गरे । बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ सेवा दिँदै आएको छ ।