एनएमबि बैंकको एकै दिनमा ३ शाखा रहित सेवा

एनएमबि बैंकको एकै दिनमा ३ शाखा रहित सेवा


बैकिङ्ग समाचार ।

एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ । बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका–६, चिसापानी, उदयपुर, प्रदेश–२ मा क्रमशः तिरहुत गाउँपालिका–४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । यो समेत बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।
हालको परिवेश र सम्बन्धित सवैको स्वास्थ्यलाई ध्यानमा राख्दै भौतिक दूरीसहित सुरक्षाका सम्भव उपायहरु अवलम्बन गर्दै प्रदेश कार्यालयका कर्मचारी वर्ग र बैंकको केन्द्रिय कार्यालयबाट व्यवस्थापन समितिका सदस्यहरु भने भर्चुअल रुपमै उपस्थित भएर सेवाको शुभारम्भ गरिएको बैंकका प्रदेश २ का प्रमुख राजेश तिम्सिनाले बताए ।
बैंकले आफ्ना नवीनतम सेवा सुविधाहरू लिएर ग्राहकहरूसम्म पुग्ने क्रम जारी राखेको छ । सेवा विस्तार रणनीतिको रूपमा नयाँ शाखा रहित सेवाले देशभरिका सर्वसाधारण साथै सबै सेगमेण्टको वित्तीय आवश्यकतालाई पूरा गर्ने प्रयास गर्नुको साथै बैंकको उपस्थितिको आधारलाई मजबुत बनाउने बताइएको छ ।
एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटिएमहरुको मजबुत सञ्जालका साथै ४०० पोस मसिन र दश हजार भन्दा बढी क्यूआर कोडमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।