नेप्सेमा एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन

नेप्सेमा एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन


बैकिङ्ग समाचार ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १४ गते मंगलबार एकैदिन ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस वितरण र साधारण सभा प्रयोजनका लागि मंगलबार बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी ४ कम्पनीको नयाँ मूल्य निर्धारण गरेको हो । यस्तै नागरिक लगानीकोषको भने हकप्रदमा शेयरमूल्य समयोजन भएको हो ।

मंगलबार नागरिक लगानी कोष, हिमालयन बैंक, लुम्बिनी विकास बैंक, मितेरी डेभलेपमेण्ट बैंक र एनएमबी लघुवित्त वित्तिय संस्था गरी पाँच कम्पनीको मूल्य समायोजन भएको छ ।

नेप्सेमा नागरिक लगानी कोषको हकप्रद पछिको मूल्य समायोजन भएको हो भने बाँकी चार (एनएमबी लघुवित्त वित्तिय संस्था, लुम्बिनी विकास बैंक, हिमालयन बैंक, मितेरी डेभलेपमेण्ट बैंकको) कम्पनीको बोानसमा शेयरमूल्य समायोजन भएको हो । 

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सोमबार शेयर कारोबार भएको अन्तिम मूल्यालाई आधार मानेर मंगलबार शेयरमूल्य समायोजन गरेको छ ।

नागरिक लगानी कोष (CIT) को ८२.८४ प्रतिशत हकप्रदपछि शेयरमूल्य समायोजन भएको हो । शेयरमूल्य समायोजन पछि कोषको शेयर मूल्य २ हजार ७८४ रुपैयाँ कायम गरेको छ । यसअघि कोषको सोमबार प्रतिकित्ता ५ हजार ८ रुपैयाँमा अन्तिम पटक शेयर कारोबार भएको थियो ।

यसैगरी, हिमालयन बैंक (HBL) को पनि बोनस शेयरपछि मूल्य समायोजन भएको छ । बैंकको १४ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । नेप्सेले मूल्य समायोजन पछि बैंकको शेयरमूल्य प्रतिकित्ता ५६१ रुपैयाँ तोकेको छ । सोमबार बैंकको ६३९ रुपैयाँमा कारोबार भएको थियो ।

नेप्सेमा लुम्बिनी विकास बैंक (LBBL) ७ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन भएको हो । बोनस शेयर मूल्य समायोजनपछि बैंकको शेयर मूल्य २०४ रुपैयाँ कायम भएको छ । सोमबार बैंकको २१८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मितेरी डेभलेपमेण्ट बैंक (MDB) को १५ प्रतिशत बोनस शेयरपश्चात मूल्य समायोजन भएको छ । बैंकको १५ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता ३३७ रुपैयाँ समायोजित शेयरमूल्य कायम भएको छ । सोमबार बैंकको ३८७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

र एनएमबी लघुवित्त (NMBMF) को १९ प्रतिशत बोनसपछि मूल्य समायोजन भएको हो । बोनस शेयर मूल्य समायोजन पश्चात नेप्सेले लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ९८४ रुपैयाँ तोकेको छ । लघुवित्तको सोमबार १ हजार १७१ रुपैयाँ शेयर कारोबार भएको थियो ।

शेयरमूल्य समायोजन भएको ७ वटै कम्पनीको समायोजित शेयरमूल्यलाई आधार मानेर मंगलबार नेप्सेमा पहिलो शेयर कारोबार हुनेछ । धितोपत्रको दोस्रो बजारमा नियमित समयमाा समायोजित शेयरमूल्यभन्दा २ प्रतिशत माथि वा तल कारोबार हुने पाउँछ । यद्यपी प्रि ओपनिङ्ग सेसनमा भने ५ प्रतिशत तल।माथि कारोबार हुनसक्ने व्यवस्था छ ।