मुक्तिनाथ विकास बैंकको ११.२५% बोनसमा मूल्य समायोजन

मुक्तिनाथ विकास बैंकको ११.२५% बोनसमा मूल्य समायोजन


बैकिङ्ग समाचार ।

मुक्तिनाथ विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको ११.२५% बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको भाउ ३४१ रुपैयाँ निर्धारण भएको छ । यहि भाउलाई आधार मानेर सोमबार यसको सेयर कारोबार खुल्नेछ । नेप्सेले आइतबारको अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकको पुस २५ गते बस्ने साधारण सभाको लागि आज सोमबार पुस १३ गते बुक क्लोज गरेको छ । जसअनुसार आइतबार पुस १२ गतेसम्म कायम सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।  बैंकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ११.२५% बोनस र ४.२६% नगद लाभांश वितरण गर्न लागेको हो । 

\"\"