लिलितपुर र स्याङजामा सिद्धार्थ बैंकका दुई शाखा 

लिलितपुर र स्याङजामा सिद्धार्थ बैंकका दुई शाखा 


बैकिङ्ग समाचार ।

सिद्धार्थ बैंकले स्याङ्जाको वालिङमा र ललितपुरको हात्तीवनमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बिहीबार दुवै शाखलाई सञ्चालनमा ल्याएको हो । 

बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पुर्‍याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको जनाएको छ ।  

दुवै नयाँ शाखा सञ्चालनमा ल्याएसँगै बैंकको शाखा संख्या १८२ पुगेको छ । बैंकले १०१ शाखारहित बैंकिङ सेवा, २०४ एटीएम र १,६०० भन्दा बढी पीओएस मेसिनबाट समेत सेवा प्रदान गरिरहेको छ । 

त्यस्तै बैंकले निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, भिजा एटीएममार्फत् उच्चस्तरिय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।