नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

नागरिक लगानी कोषको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन


बैकिङ्ग समाचार ।

नागरिक लगानी कोषले निष्काशन गर्न लागेको हकप्रद शेयर सुरक्षित गर्ने सोमवार (आज) अन्तिम दिन रहेको छ। यो कम्पनीले पुस १४ गते (भोलि) बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले नागरिक लगानी कोषको हकप्रद प्राप्त गर्न सक्नेछन् ।

कोषले पुस २८ गतेदेखि चुक्ता पूँजीको ८२ प्रतिशत अर्थात १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद निष्काशन गर्न लागेको छ । सोही प्रयोजनका लागि कोषले भोलि एक दिन बुकक्लोज गर्न लागेको हो। कोषको हकप्रद शेयर बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। सो हकप्रद शेयरमा माघ १९ गतेसम्म आवेदन दिने सकिने कोषले बताएको छ।